उद्योग व्यापार संगठन रुपन्देहीको १०औं वार्षिक साधारणसभामा शनिबार बोल्दै मन्त्री बोहराले निर्वाचनप्रति जनताको आकर्षण बढेको भन्दै सरकारले तोकिएको समयमै निर्वाचन गर्ने दाबी गरे ।
उनले निर्वाचनमा स्थानीय निकाय सम्हाल्नसक्ने, विकासप्रेमी र सबैको मन जितेको व्यक्तिलाई जिताउन आह्वान गरे ।
निर्वाचनमा सक्रिय सहभागिता जनाउन उद्योगी–व्यवसायीलाईसमेत उनले आग्रह गरे ।
उनले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने भएमा केही जिल्लामा अर्को चरणमा चुनाव गर्न सरकार तयार रहेको पनि बताए ।
कार्यक्रममा भैरहवा क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संगठनले इमेज टेलिभिजनका भैरहवा समाचारदाता दीपक घिमिरेसहित ९ जना पत्रकारलाई सम्मानसमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्