२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


विराटनगर उपमहानगरमा माओवादी केन्द्रबाट यी हुन् मेयर–उपमेयरका उम्मेदवार


0
Shares

आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले विराटनगर उपमहानगरपलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको हो ।

मेयरका उम्मेदवार यादव माओवादी केन्द विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् ।

शनिबार विराटनगरमा उम्मेदवार घोषणासभाको आयोजना गरी माओवादी केन्द्रले ४, १०, १४ र १५ वडाबाहेकका अरु वडाका उम्मेदवारको नामसमेत सार्वजनिक गरेको छ ।

विराटनगर उपमहानगरपालिकामा १९ वडा रहेको छ ।

मोरङमा विराटनगर उपमहानगरपालिकासहित ८ नगरपालिका र उत्तिकै संख्यामा गाउँपालिकासहित १७ स्थानीय तह रहेको छ ।

१ लाख १२ हजार ८ सय ३२ मतदाता रहेको विराटनगर उपमहानगरपालिकामा ११९ मतदान केन्द्र रहेका छन् ।