
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा सो क्षेत्रको सुरक्षाको अवस्था र निर्वाचन तयारी व्यवस्थापन अनुगमनका लागि त्यहाँ पुगेको टोलीले निर्वाचनमा दुईपक्षबीच आपसी सुरक्षा समन्वय र सहयोगका विषयमा छलफल गरेको हो ।
‘हाम्रो टोलीले सुरक्षा सहयोग र समन्वयका लागि आग्रह गरेको हो, भारतीय सुरक्षा अधिकारीहरुले आफ्नो तर्फबाट आवश्यक सबै प्रकारको सुरक्षा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्’–प्रजिअ पन्थको भनाइ छ ।
यसैगरी, टोलीले सो क्षेत्रको सोनारी र नरैनापुर गाउँपालिकाअन्तर्गत् रहेका प्रहरीचौकीका प्रमुख, निर्वाचन अधिकृतसँग पनि सुरक्षा र निर्वाचनको तयारीका विषयमा जानकारी लिएको थियो ।
जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राई, नेपाली सेनाका प्रमुख सेनानी विश्वराज कोइराला, निर्वाचन अधिकृतद्वय माधव शर्मा र सुरेन्द्र पौडेलसमेत रहेको टोलीले त्यस क्षेत्रका मतदातासँग संवाद गर्नुका साथै निर्वाचन शिक्षा, निर्वाचन प्रचार–प्रसारलगायतका विषयमा पनि जानकारी लिएको थियो ।
‘सो क्षेत्रमा निर्वाचनको माहोल देखिएको छ, मतदाताहरु निर्वाचनमा मतदान गर्न आतुर देखिएका छन्, उनीहरु सबैको साझा चिन्ता भनेको सुरक्षा व्यवस्था बलियो बनाउनु नै रहेको छ’–प्रजिअ पन्थको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्