Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पोखरास्थित विजयपुर—२ हाइड्रोपावर निर्माण सुरु


0
Shares

उक्त आयोजनामा कुमारी बैंक र जनता बैंकसँग वित्तीय व्यवस्थापनको सम्झौता पनि भएको छ ।

विजयपुर खोलामा रहेको भगवती हाइड्रोपावरबाट निस्कने पानीबाट चल्ने गरी विजयपुर—२ हाइड्रोपावर निर्माण सुरु गरिएको उद्यमी सूर्यबहादुर केसीले बताए ।

साढे ४ मेगावाट क्षमताको आयोजनाको लागत ९५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजना आगामी १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।