२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


स्थानीय तहको निर्वाचन दुई चरणमा गरिने भएपछि आयोगलाई व्यवस्थापकीय समस्या (भिडियो)


0
Shares

तर, अन्तिम अवस्थामा दुई चरणमा चुनाव गर्ने सरकारको निर्णय निर्वाचन आयोगमाथि हस्तक्षेप हुने र यसले निर्वाचन आयोगलाई स्वतन्त्र रुपले काम गर्ने अप्ठ्यारो पर्ने विज्ञहरुको भनाइ छ ।

सरकार र मधेशी मोर्चाबीच राजनीतिक सहमति भएसँगै स्थानीय तहको चुनाव दुई चरणमा गर्न लागिएको हो । सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । मोर्चा र सरकारबीच भएको सहमति अनुसार अब बैशाख ३१ मा पहिलो र जेठ ३१ मा दोस्रो गरी दुई चरणमा निर्वाचन हुनेछ ।

दुई चरणमा निर्वाचन गर्ने विषयमा सरकारले निर्वाचन आयोग र प्रतिपक्ष दलसँग पनि छलफल गरेको छ । सरकार र मधेशी मोर्चाबीच भएकोे सहमति अनुसार प्रदेश नम्बर ३, ४, ६ बैशाख ३१ र प्रदेश नम्बर १, २, ५, ७ मा भने जेठमा चुनाव गरिने छ । तर, एकै चरणमा चुनाव गर्ने गरी निर्वाचन आयोगले तयारी गरेकाले अन्तिम अवस्थामा आएर दुई चरणमा निर्वाचन गर्नुपर्दा आयोगलाई केही अप्ठ्यारो पर्ने देखिन्छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ भने चुनाव हुन केही दिनमात्रै बाँकी रहँदा सरकारले चुनावको मिति परिवर्तन गर्दा आयोगलाई असर पर्ने बताउँछन् । दुई चरणको निर्वाचनले मतदातामा मनोवैज्ञानिक असरसमेत पर्ने श्रेष्ठको भनाइ छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।