Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


शुल्क बृद्धिको विरोधमा आयात–निर्यात व्यवसायीद्वारा काम ठप्प


0
Shares

अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर कार्गो सञ्चालन गर्दै आएको कम्पनीले आयात निर्यातसँग सम्बन्धित संस्थासँग छलफल नै नगरि शूल्क बृद्धि गरेको व्यवसायीहरुले आरोप लगाएका छन् ।

नेपाल निर्यात परिषद्का अध्यक्ष जयप्रसाद सिवाकोटीले लिमिटेडले २ सय देखि ५ सय प्रतिशतसम्म शूल्क बृद्धि गरेको बताए । उनले शूल्क बृद्धि फिर्ता नभएसम्म आयात निर्यातका काम ठप्प रहने बताए ।

लिमिटेडले कुनै सुविधा नदिएको अवस्थामा थप शूल्क बृद्धि गरेको व्यवसायीको भनाई छ । नेपाल उद्योग परिसंघले विद्यमान कार्गो व्यवस्थापन शुल्कमा गरिएको बृद्धिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै बृद्धि शूल्क तत्काल फिर्ता लिन माग गरेको छ ।