२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


निर्वाचनमय बन्यो सोलु, यस्तो छ दलहरुको तयारी (भिडियो)


0
Shares

-सन्तोष राउत/ईमेज

जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले निर्वाचनको तयारी गरिरहेका छन् भने जनतामा पनि उत्साहित भएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि सोलुखम्बुमा पनि निर्वाचनको माहोल तातेको छ । दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् भने निर्वाचनलाई लिएर सर्वसाधारण उत्साहित छन् ।

आन्तरिक विवादमा परेको पहिलो दल नेपाली काँग्रेसले पनि चुनावी तयारी भइरहेको जनाएको छ ।

टिकट वितरणको काम नगरेको काँग्रेसले धेरै आकांक्षी देखिएपछि छलफल गरिरहेको नेपाली काँग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत बताउँछन् ।

त्यस्तै नेकपा एमालेले पनि केही गाउँपालिकामा औपचारिक उम्मेदवारको घोषणा गर्न थालेको छ ।

अन्य स्थानमा आन्तरिक तयारी भइरहेको र बैशाख ७ गतेभित्र निर्णय गर्ने नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष मानवीर राई बताउँछन् ।

अन्य दल आन्तरिक गृहकार्यमा अल्झिरहेका बेला नेकपा माओवादी केन्द्रले नगरपालिका सहित धेरै गाउँपालिकामा उम्मेदवार चयन गरिसकेको छ ।

केन्द्रले व्यापक रुपमा उमेदवारी चयन तथा प्रचार प्रसार गरिरहेको नेकपा माओवादी केन्द्रका सोलुखुम्बु इन्चार्ज हेमकुमार राई बताउँछन् ।

गाउँ गाउँमा निर्वाचनको चहलपहल सुरु भएसंगै स्थानीय पनि उम्मेदवारलाई लिएर उत्साहित देखिन्छन् ।

सोलुखुम्बुको तल्लो क्षेत्रमा पनि चुनावी सरगर्मी सुरु भएको छ । दलका नेताहरु गाउँ गाउँमा पस्न थालेपछि पूरै जिल्ला अहिले निर्वाचनमय भएको छ ।