Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


नगर प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’


0
Shares

प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि नै पिआर त्यागेका हुन् । शेर्पाले भने “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर त्यागेको हुँ ।”

छ वर्षअघि पिआर प्राप्त गरेका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आइरहेका छन् ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष बनेका शेर्पाको सोलु दूधकुन्ड नगरपालिकाको उम्मेदवारी भने सर्वसम्मत हुनसकेन ।

आकाङ्क्षी बढी भएका कारण एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सात जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारका लागि जिल्लाका थुप्रै शिक्षकले पनि राजिनामा दिन थालेका छन् ।

यस्तै नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य समेत रहेका शिक्षक तारामान राई पनि जागिर छाड्नुको साथै पार्टी फेरेर सोताङ गाउँपालिका-२ को वडाध्यक्षमा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् ।

यस्तै लिखुपिके गाउँपालिका– ४ का हिक्मत बस्नेत पनि शिक्षक जागिर छाडेर नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सोलु दूधकुन्ड नगरपालिका–७ बाट अध्यक्ष पदको उम्मेदवार बन्न शिक्षक लालमान श्रेष्ठले पनि शिक्षकबाट राजिनामा दिएका छन्। रासस