२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


थाहा नगरपालिकामा माओवादी केन्द्रबाट विष्ट प्रमुख र गोपाली उपप्रमुखमा सिफारिस


0
Shares

बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिए ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मथलो रहेको यस नगरमा सबै ठूला तीनओटै दलले आफ्नो जित हुने विश्लेषण गरिरहेका छन् ।

तर, हालसम्म नेपाली कांग्रेस र नेकपा एमालेलगायत अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् । रासस