
माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीकाअनुसार १५ ओटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइएको छ ।
दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० ओटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुंगो लागेको छ ।
यस्तै, अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने (विकास) र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारकारुपमा अघि सारेको जनाइएको छ ।
यसैगरी, झापा गाउँपालिकाको प्रमुखमा रुद्र बजगाइँ र उपप्रमुखमा पवित्रा राजंवशीको उम्मेदवारी टुंगो लागेको चुनाव प्रचार–प्रसार संयोजकसमेत रहेका नेता दर्लामीले जानकारी दिए ।
यस्तै, कमल गाउँपालिकाको प्रमुखमा विमल संग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्