
हेरफेर भएको निर्वाचन कार्यतालिकाअनुसार अब पहिलो चरणको निर्वाचनको लागि उम्मेदवारी दर्ता वैशाख १९ गते तोकिएको छ ।
यस्तै, पहिलो चरणको निर्वाचनको लागि निर्वाचन चिह्न वितरण गर्ने कार्य वैशाख २२ गते हुनेछ । यसअघि, उम्मेदवारी दर्ता वैशाख १६ गते र चुनाव चिह्न वितरण वैशाख २२ गते रहेको थियो ।
त्यस्तै, दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता जेठ जेठ १९ गते र चुनाव चिह्न जेठ २२ गते वितरण गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले नयाँ दलहरुलाई चुनाव चिह्न दिन नसकिनेसमेत स्पस्ट पारेको छ ।
यस्तै, आयोगले दोस्रो चरणको निर्वाचनको लागि पनि पहिलो चरणकै मतपत्र कायम रहने जनाएको छ ।
तत्काल कानुन संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिह्न प्रदान र मतपत्र छाप्न नसकिने आयोगको भनाइ छ ।
आयोगले दल दर्ता, मतपत्र र चुनाव चिह्नमा कुनै हेरफेर गर्न नसकिने पनि प्रस्ट गरेको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्