२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


दुई चरणमा निर्वाचन गरिने भएपछि प्यूठानबासी सशंकित (भिडियो)


0
Shares

जिल्लामा सबै तयारी भइसकेका बेला सरकारले निर्वाचनको मिति सारेको भन्दै उनीहरु थप षड्यन्त्र हुने हो कि भन्ने आशंका व्यक्त गर्दछन् ।

प्यूठान जिल्ला रहेको प्रदेश ५ सहित, १, २ र ७ नम्बर प्रदेशमा सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने गरी जेठ ३१ का लागि मिति र निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । मतदाताको मन जित्न दलहरु सम्पूर्ण रुपले चुनावी माहौल बनाइरहेकै बेला आएको यो निर्णय आफ्नो अभियानमा ठेस लागेको जस्तो भएको नेताहरु बताउँछन् ।

गाउँ र नगरपालिका एवं वडा तहसम्म राजनीतिक दलहरु आफ्नो विजयी सुनिश्चित गर्न कार्यक्रम बनाउन व्यस्त रहेका छन् । उम्मेदवारसमेत घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला चुनाव सार्दा दिक्क लागेको प्रतिक्रिया उनीहरुको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्