Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका हरि रिमाललाई


0
Shares

पोखरा, फागुन ७ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाली सेनाका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा रिमालले २ घण्टा ४० मिनेट १० सेकेण्डमा दुरी पूरा गरी उपाधि सहित नगद १ लाख रुपैयाँ र मेडल हात पारेका हुन् ।

प्रतियोगितामा सशस्त्र प्रहरीका खेमबहादुर खत्रीले २ घण्टा ४० मिनेट २० सेकेण्डमा दूरी पूरा गरी दोस्रो र नेपाल प्रहरीका भूमिराज राईले २ घण्टा ४१ मिनेट १७ सेकण्डमा निर्धारित दूरी पार गरी तेस्रो भए । उनीहरुले क्रमशः ७० र ५० हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

प्रतियोगितामा १० किमीको महिला/पुरुष, ५ किमीको छात्र/छात्रा, ४ सय मिटरको ह्वीलचियर दौड, १ सय मिटरको दृष्टिविहीन दौडसहित रन फर फनमा गरी करिब ५ हजार धावकको सहभगिता थियो ।