Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा मलेसियाविरुद्ध नेपालको जित


0
Shares

काठमाडौं, फागुन ७ । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो ।

१२७ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विकेटको क्षतिमा ९२ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनायो । नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् ।

यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन् ।

नेपालले अब दोस्रो खेल आयोजक थाईल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ । एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।

राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ ।