२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गाउँ-शहरमा चुनाव लाग्यो तर सुकुम्बासी बस्ती सुनसान(भिडियो)


0
Shares

तर काठमाडौको थापाथली स्थित सुकुम्वासी भने चुनाव खासै लागेको छैन । वागमती पुलमा अवस्थित सुकुम्बासी वस्तीमा चुनावी रौनक देखिदैन् ।

२४० वटा घरटहरा भएको यस वस्ती अहिले सुनसान देखिन्छ । देशैभर स्थनीय तहको चुनावी महोल बढिरहँदा यहाँका सुकसक्बासीलाई खासै चुनाव लागेको छैन ।

अहिलेसम्म चुनावी प्रचार प्रसारको लागि कोही पनि राजनीतिक दल नआएको र मतदाता शिक्षकहरु पनि अहिलेसम्म नआएको उनीहरु भनाई छ ।

तत्कालिन प्रधानमन्त्री डाक्टर बावुरामभट्टराईको कार्यकालमा सुकम्बासीलाई छुट्टै व्यवस्थापन गर्ने आश्वासन दिदै वस्ती भत्काइएको थियो ।

तर परिणाम अहिले सम्म उस्तै छ । उनीहरु पुनः त्यही वस्तीमा बसोबास गरिरहेको छन् ।

अवको नयाँ स्थानीय सरकारले सुकुम्बवासीका लागि एउटा छुट्टै वस्ति सहित व्यवस्थापन गरियोस् भन्ने उनीहरुको अपेक्षा छ ।

करिव २ दशक पछि हुन लागेको स्थानीय चुनावमा नयाँ सपना बोकेका र काठमाडौलाई सुन्दर बनाउछु भन्ने आकाक्षीहरु धेरै छन् ।

सुकुम्वासीहरुले आफुहरुका लागि पनि छुट्टै व्यवस्थापन गर्न सवै राजनीतक दलहरुको ध्यानाकर्षण गरेका छन् ।