१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सूचना–प्रविधिमा महिलाको पहुँच बढाउनुपर्ने


0
Shares

‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे १०१७’ को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा विहीबार (आज) यहाँ आयोजित एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समग्रमा आइसिटी क्षेत्रमा महिलाको सहभागिता र पहुँच अत्यन्त कम भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन् ।

‘महिलाकोे बौद्धिक विकास नभएसम्म उनीहरूको चौतर्फी विकास हुन गाह्रो छ, त्यसका लागि अरुले भन्नेभन्दा पनि महिला स्वयम् सक्रिय हुन आवश्यक छ’– मन्त्री कार्कीले भने ।

गाउँगाउँमा इन्टरनेटको नारामात्रै लगाउनेभन्दा पनि इन्टरनेट के का लागि प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने मुख्य विषय भएको उनको भनाइ छ ।
त्यस्तै, राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले आर्थिक, सामाजिक र राजनीतिकलगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता गराउन जोड दिइन् ।

प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रका प्रत्येक विद्यालय, स्वास्थ्यचौकी, प्रत्येक गाउँपालिकामा अनिवार्य इन्टरनेट पुर्‍याउने तयारी भइरहेकोसमेत जानकारी दिए । रासस