
निर्वाचन एप्समा अहिले १० ओटा फिचर समेटिएका छन् । मतदाताले आयोगको इलेक्सन एप्समा लगअन गरेर आफ्नो मतदान केन्द्र, मतदान गर्ने तरिका र मतदाता शिक्षा सामाग्री हेर्न सक्नेछन् ।
यस्तै, मतदाताले कुन स्थानीय तहमा कति उम्मेदवार छन् भन्ने पनि एप्सबाटै थाहाँ पाउन सक्नेछन् । मतदाताले उक्त एप्सबाट निर्वाचन परिणामसमेत थाहा पाउन सक्नेछन् ।
एप्सको शुक्रबार राजधानीमा शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रविधिको प्रभावकारितामा ध्यान दिन निर्देशन दिए ।
यसैबीच, निर्वाचन आयोगले शुक्रबारैदेखि आसन्न स्थानीय तहको निर्वाचनका लागि कल सेन्टर सन्चालनमा ल्याएको छ ।
निर्वाचन आयोगले मतदाताका गुनासो सुन्न निःशुुल्क टोल फ्री नम्बरसमेत सार्वजनिक गरेको छ ।
निर्वाचनसम्बन्धी कुनै जिज्ञासा वा गुनासो भए १६६००१४४२२२ मा फोन गर्न सकिनेछ ।
विभिन्न जिल्ला, गाउँ वा वडामा निर्वाचनसम्वन्धी कुनै अन्योल भए कल सेन्टरमा फोन गर्न सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्