२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


माओवादी केन्द्र कैलालीले उम्मेदवारको टुंगो लगायो


0
Shares

केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनोट गरेको छ ।

टीकापुर नगरपालिकाको प्रमुखमा ललित थापाको उम्मेदवारी घोषणा भएपनि उपप्रमुखमा भने टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

लम्कीचुहा नगरपालिकामा प्रमुखमा दलबहादुर विष्ट र उपप्रमुखमा धनादेवी चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्टलाई, उपप्रमुखमा शोभा नेपाली, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर चौधरीेलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखकोे टुंगो लागिनसकेको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी, गौरीगंगा नगरपालिकाको प्रमुखमा देविदत्त कँडेल, उपप्रमुखमा करुणा चौधरी, घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा लक्ष्मण चौधरी र दुर्गा चलाउने, चुरे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः किसनसिंह साउद र डिलादेवी सिजापतिलाई अगाडि सारिएको छ ।

वर्दगोरिया गाउँपालिकाको अध्यक्षमा गणेश गिरी र उपाध्यक्षमा भगवती चौधरी, मोहन्याल गाउँपालिकामा धर्मबहादुर थापा र जानकारी भण्डारी, कैलारी गाउँपालिकामा लाजुराम चौधरी र लक्ष्मी चौधरीलाई क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको केन्द्रले जनाएको छ । रासस