२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


पहिलो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग (भिडियो)


0
Shares

स्थानीय तह निर्वाचन आउन केहि दिनमात्र बाँकी छ । निर्वाचनका लागि उपयुक्त राजनीतिक वातावरण बन्नेमा आशावादी हुँदै आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।

आयोगले पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा निर्वाचनसम्बन्धी सम्पर्ण तयारी पूरा भइसकेको जनाएको हो ।

आयोगले ती जिल्लाहरुमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरुसमेत पुर्‍याइसकेको जनाएको छ ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४१ जिल्लामासमेत निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।

आयोगले दोस्रो चरणमा चुनाव हुने ४१ जिल्लामा मतपेटिका ढुवानी, मतदाता शिक्षा र कर्मचारी पुनः व्यवस्थापन गर्ने काममात्र बाँकी रहेको जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने भएपछि आयोगलाई केहि समस्यापर्ने भएको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले दलहरुबीचको सहमतिअनुसार स्थानीय तहको संख्या बढाए परिचयपत्र संशोधन, मतदाता नामावली पुनः छपाइ गर्नुपर्नेलगायतका काम थपिने बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।