
काठमाडौं, असार २० । जुम्लामा अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
चिकित्सा शिक्षाको सुधारको माग राख्दै पाँच दिनअघि १५औंपटकको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य गम्भीर बनेपछि उनका सहयोगी र चिकित्सकहरुले निषेधित क्षेत्र तोडेर अस्पताल लगेका हुन् ।
डा. केसीलाई लिन प्रतिष्ठानका पाँचजना चिकित्सकको टोली एम्बुलेन्ससहित अनशनस्थल कभर्डहल पुगेका थिए ।
उनको सत्याग्रह त्यहीँ जारी रहने जनाइएको छ ।
यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै तत्काल डा. केसीलाई सुरक्षित स्थानमा पुर्याउन माग गरेको छ । संघले देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्