Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निर्वाचनको अनुगमनमा को–कहाँ खटाइए ?


0
Shares

आयोगकाअनुसार उक्त निर्वाचनको प्रदेश नम्बर–३ को अनुगमनको संयोजन निर्वाचन आयुक्त इला शर्मा र नरेन्द्र दाहाल गर्नेछन् ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश नम्बर–४ र सुधीरकुमार शाहल प्रदेश नम्बर–६ को संयोजन गर्ने आयोगले जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचन, २०७४ अनुगमन गर्ने कार्यक्षेत्रको जिम्मेवारी र टोली प्रमुखसमेत तोकेको छ ।

आयोगकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरको अनुगमन नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी र निर्वाचन आयोगका उच्चपदस्थ अधिकारीबाट हुनेछ ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेशका बाँकी ३१ जिल्लाको अनुगमन गर्न २७ जना सहसचिवलाई खटाइएको छ ।

आयोगकाअनुसार दोलखा र रामेछाप रघुराम विष्ट, सिन्धुलीमा झक्कप्रसाद आचार्य, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक वेदबहादुर कार्की, रसुवा र नुवाकोट महेश्वर न्यौपाने, चितवन लोकनाथ पौडेल र मकवानपुरमा रमेश केसी अनुगमनका लागि खटिएका छन् ।

त्यस्तै, गोरखा–शिवराम न्यौपाने, धादिङ–बाबराम पौडेल, लमजुङ–शंकर खरेल, तनहुँ र कास्की–दीपेन्द्र पौडेल, स्याङजा–भुवनहरि अर्याल, मनाङ–अनिलकुमार ठाकुर, पर्वत र म्याग्दीको अनुगमनको जिम्मेवारी सुरेश अधिकारीलाई तोकिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार बाग्लुङ–अर्जुनकुमार खड्का, मुस्ताङमा केदारनाथ खड्का, नवलपरासी–रामेश्वर दंगाल, सल्यान–किरण पौडेल, रुकुम–चक्रबहादुर बुढा, जाजरकोट–कृष्णबहादुर राउत, सुर्खेत–तीर्थराज ढकाल, दैलेख–घनश्याम उपाध्याय, जुम्ला–कृष्णजीवी घिमिरे, मुगु–अर्जुन पोखरेल, कालिकोट–इन्दिरा दाहाल, डोल्पा–देवराज ढकाल र हुम्ला–डण्डुराज घिमिरेलाई खटाइएको छ । रासस