२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


उम्मेदवारी दर्तामा देखियो उत्साह, काठमाडौंमा को-को उम्मेदवार(भिडियो)


0
Shares

काठमाडौं महानगरपालिकामा अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा राजाराम श्रेष्ठ, साझा पार्टीबाट किशोर थापा र विवेकशील नेपालीबाट रञ्जु दर्शनाको उम्मेद्वारी दर्ता भएको छ ।

नेपाली कांग्रेसले राजुराज जोशीलाई काठमाडौमा मेयरको उम्मेद्वार बनाएको छ । यस्तै माओवादी केन्द्रले सर्वोत्तममान डंगोललाई उम्मेद्वार बनाएको छ ।

एमालेमा भने कसलाई उम्मेद्वार बनाउने भन्नेबारे टुङ्गो लागिसकेको छैन । उता, ललितपुर महानगरपालिकामा कांग्रेसले चिरिबाबु महर्जन र एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई उम्मेद्वार बनाएको छ ।

माओवादी केन्द्रले भने ललितपुर महानगरपालिकामा उम्मेद्वारको टुङ्गो लगाइसकेको छैन ।

देशका चारवटै महानगरपालिकामा पहिलो चरणमै चुनाव हुँदैछ । पोखरामा नेपाली काँग्रेसले रामजी कुँवरलाई र एमालेले मानबहादुर जिसीलाई उम्मेद्वार बनाएको छ ।

माओवादी केन्द्रले भने पोखरामा उम्मेद्वारको टुङ्गो लगाइसकेको छैन । पोखरामा राप्रपाबाट मेयर गीता गुरुङले मेयरमा उम्मेद्वारी दिएकी छन् ।

यस्तै, चितवनको भरतपुर महानगरपालिकामा एमालेले देवी ज्ञवाली र माओवादी केन्द्रले रेणु दाहाललाई उम्मेद्वार बनाएको छ ।

हेटौडा उपमहानगरपालिकामा कांग्रेसले आनन्दराम पराजुली, एमालेले हरिबोल महत र माओवादी केन्द्रले मेयर बलराम बललाई उम्मेद्वार बनाएको छ ।