काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टी एकताको बाँकी काम टुंग्याउने विषयमा छलफल भइरहेको छ ।
एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदल गठन गरेर गृहकार्य गर्दासमेत सफल नभएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आफंैले प्रस्ताव तयार पारेर अग्रसरता लिएका छन् ।
अध्यक्षद्वयले तयार पारेको एकताको प्रस्तावलाई सर्वसम्मत बनाउने पहल नेकपाले गरेको छ ।
तर, अध्यक्षद्वयले सहमतिको प्रयास गरिरहँदा सचिवालयका कतिपय नेता भने असन्तुष्ट देखिएका छन् ।
कार्यदलले बुझाएको प्रतिवेदनमाथि पहिले सचिवालयमा छलफल भएपछि मात्रै अन्य प्रक्रिया थाल्नुपर्ने उनीहरुको धारणा छ ।









प्रतिक्रिया दिनुहोस्