२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


काठमाडौंको मेयरमा अहिलेसम्म ६ जनाको उम्मेदवारी दर्ता


0
Shares

बिहान १० बजेबाट काठमाडौं महानगरपालिकासहित १० ओटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडौं महागरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भीड छ ।

महागरको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पार्टीका कार्यकर्ताको भीड लागेको हो ।

काठमाडौं महानगरका मुख्य निर्वाचित अधिकृत पुरुषोत्तमप्रसाद दाहालकाअनुसार मंगलबार दिउँसोसम्म ६ जनाले प्रमुखमा र तीनजनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनकाअनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा. निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रन्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल, स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने भने तापनि ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।

मुख्य निर्वाचन अधिकृत दाहालकाअनुसार अहिलेसम्म करिब दुई सयजनाले वडाअध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् । रासस