
सोअनुसार नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्रा महत विष्ट र उपप्रमुखमा खड्गबहादुर गोपालीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।
नेकपा एमालेबाट हेटौंडाको प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा तथा थाहा नगरपालिका प्रमुखमा विष्णु ढकाल र उपप्रमुखमा कल्पना बलामीको मनोनयन दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्रबाट हेटौंडा उपमहानगरपालिका प्रमुखमा बलराम बल र उपप्रमुखमा कल्पना पौडेल, थाहा नगरपालिका प्रमुखमा लवशेर विष्ट र उपप्रमुखमा शकुन्तला गोपाली, राप्रपाबाट सोही उपमहानगर प्रमुखमा मधुकर अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा थाहा नगरपालिका प्रमुखमा हरेराम कार्की र उपप्रमुखमा राममाया लामाले मनोनयन दर्ता गराएका छन् ।
अन्य राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारको मनोनयनपत्र दर्ताको विवरण आउन बाँकी छ । रासस
प्रतिक्रिया दिनुहोस्