
नेकपा एमालेबाट भक्तपुर नगरपालिकामा मेयर र उपमेयरमा क्रमशः विष्णु सुवाल र कृष्णमाया त्वायनाबासुले मनोनयन दर्ता गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा मेयर र उपमेयरमा क्रमशः सुनील प्रजापति र रजनी जोशीलाई उम्मेदवार बनाएको छ ।
सूर्यविनायक नगरपालिकामा कांग्रेसले मेयर र उपमेयरमा विष्णुराज कार्की र कल्पना राजथलालाई उम्मेदवार बनाएको छ भने चाँगुनारायण नगरपालिकामा राजाराम खड्का र सरु बानिँया उम्मेदवार रहेका छन् ।
मध्यपुर ठिमी नगरपालिकामा कांग्रेसबाट अष्ट कवें र अन्जना मधिकर्मीको उम्मेदवारी परेको छ ।
त्यस्तै, एमालेबाट सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा क्रमशः बासुदेव थापा र जुना बस्नेत उम्मेदवार बनेका छन् ।
चाँगुनारायण नगरपालिकामा एमालेबाट सोमप्रसाद मिश्र र बिना बास्तोलाको मनोनयन परेको छ भने मध्यमुर ठिमी नगरपालिकाको मेयरमा मदनसुन्दर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रबाट भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमश सत्यलाल मुल र इन्द्रमाया सुवालको उम्मेदवारी परेको छ भने सूर्यविनायकमा प्रमुखमा दिलकृष्ण तज र उपप्रमुखमा पूण्यवती चौलागाइँले मनोनयन दर्ता गराएका छन् छन् ।
चाँगुनारायण नगरपालिकामा माओवादीबाट प्रमुखमा शिव अधिकारी र उपप्रमुखमा लक्ष्मी खड्का तथा सूर्यविनायकमा प्रमुखमा मनशोभा त्वाती र उपप्रमुखमा महिन्द्र बखुन्छें उम्मेदवार बनेका छन् ।
त्यसैगरी, मजदुर किसान पार्टीबाट चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयरमा क्रमशः न्हुछे फोजु र रिता काफ्ले उम्मेदवार बनेका छन् ।
राप्रपाको तर्फबाट भक्तपुर नगरपालिकाको मेयरमा रविकृष्ण श्रेष्ठ, सूर्यविनायकको मेयर र उपमेयरमा क्रमशः प्रविन ढुंगेल र जयन्ती महतको मनोनयन परेको छ ।
चाँगुनारायणमा राप्रपाबाट प्रमुखमा रविन्द्रप्रताप शाह र उपप्रमुखमा एवती कार्कीले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्