२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि उत्साहजनकरुपमा उम्मेदवारी दर्ता


0
Shares

३, ४ र ६ नम्बर प्रदेशअन्तर्गतका ३४ जिल्लाका २८३ ओटा स्थानीय तहका लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो ।

यही वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनका लागि आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको थियो ।

काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका तथा ९३ ओटा नगरपालिकासहित स्थानीय तहको उम्मेदवारी दर्ता शान्तिपूर्ण र व्यापक उत्साहजनकरुपमा सम्पन्न भएको हो ।

पहिलो चरणअन्तर्गत् ३ नम्बर प्रदेशकका काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र चितवन जिल्ला रहेका छन् ।

प्रदेश नम्बर–४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ ओटा जिल्ला पर्छन् ।

यस्तै, प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालिकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरुमा पनि उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगले पहिलो चरणमा ७ हजार मतदान केन्द्रबाट ५० लाख मतदाताले पहिलो चरणमा मतदान गर्ने जनाएको छ ।

दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गतेका लागि तोकिएको छ, जसमा ४३ जिल्लाका ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुनेछ ।