२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


वैद्य माओवादीले पनि दियो उम्मेदवारी


0
Shares

पार्टीका कार्यकर्ता र मतदाताहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । जिल्लामा सात नगरपालिका र ८ गाउँपालिका छन् ।

जसमा प्रदेश नम्बर–५ मा परासी क्षेत्र पर्दछ भने नवलपुर क्षेत्र ४ नम्बर प्रदेशमा पर्दछ ।

प्रदेश नम्बर–४ मा रहेका चार नगरपालिका र चार गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसहित दलहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

मोहन वैद्य नेतृत्वको माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवारी दिएको छ ।

मोर्चाले मध्यविन्दु, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको हो ।

पहिलो चरणमा निर्वाचन हुने नवलपुर क्षेत्रका स्थानीय तहमा गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिका छन् ।

त्यसैगरी, हुप्सेकोट, बुलिङटार, विनयी–त्रिवेणी र वुङ्डिकाली गाउँपालिकामा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।