
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा मनोनयनपत्र दर्ता भएका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ ओटै तहका सबै वडामा पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गरेको उल्लेख छ ।
स्थानीय आवश्यकतालाई हेरी चुनावी तालमेल गर्नसक्ने केन्द्रीय परिपत्रअनुसार कतिपय ठाउँमा अन्य राजनीतिक दलहरुसँग तालमेल पनि भएको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्