२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


पोखरा लेखनाथ महानगरमा १७ मेयर र ११ जनाको उपमेयरमा उम्मेदवारी


0
Shares

-प्रदीप पौडेल/ ईमेज

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दल र स्वतन्त्रबाट गरि १७ जनाले मेयर र ११ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् । उम्मेदवारी दर्ताका लागि दलहरु बजागाजा सहित निवाचन कार्यालय पुगेका थिए ।

पोखरा महानगरको मेयरमा १७ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी दर्ता भएको निवाचन कार्यालय कास्कीले दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा १७ जना र उपमेयरमा ११ जनाको सम्मेदवारी दर्ता भएको छ ।

मेयरको लागि नेपाली कांग्रेसबाट रामजी कुँवर , एमालेबाट मान बहादुर जिसी, माओबादी केन्द्रबाट विश्वप्रकाश लामिछाने, राप्रपाबाट गीता गुरुङ, संघिय समाजवादी फोरमबाट हुम गुरुङ, अखण्ड नेपाल पार्टीको तर्फबाट मोती गिरी, नेपाल लोकतान्त्रिक फोरमबाट अमन विक्रम थापा र स्वतन्त्र उमेदवार रेशम राज पन्थीले उम्मेदावरी दर्ता गरेका छन् ।

त्यस्तै नेपाल परिवार दलबाट कल्पना बराल, पूर्व राष्टसेवक लोकतान्त्रिक मधुकर न्यौपाने, नेकपा मालेबाट टेकनाथ भण्डारी, राष्टिय मुत्ती आन्दोलन नेपालबाट ऋषि प्रसाद तिमिल्सिना, राष्टिय जनमोर्चाबाट चन्द्रबहादुर खत्री क्षेत्री, स्वतन्त्र उम्मेदवार भिमबहादुर श्रीस, स्वतन्त्र पदमबहादुु गुरुं, स्वतन्त्रबाट महेन्द्रकुमार थापाले उमेदवारी दर्ता गराएका छन् ।

RPP1

त्यस्तै उपमेयरमा कांग्रेसबाट सरस्वती गुरुङ, एमालेकी मञ्जुदेवि गुरुङ, माओबादी केन्द्रबाट गोमा ढकाल, राप्रपाबाट रमेश खत्री, नयाँ शक्ति पार्टीबाट लक्ष्मी खाती परियार र अखण्ड नेपाल पार्टीकी गोमा कुमारी थापा रायमाझी, संघीय समाजबादीबाट लक्ष्मी परियार, स्वतन्त्र कल्पना थापा, चन्द्रबहादुर कार्की, सिरोज कोइराला, राष्टिय जनमोर्चाबाट दालकुमारी खत्री उमेदवारी दर्ता गराएका छन् ।

उपमेयर सहित महानगरका ३३ वटै वडाका उमेदवारहरु एक साथ मनोनयन स्थल पुगेका थिए । ठूला पार्टी कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा र संघिय समाजवादी फोरम दलबल सहित मनोनयन दर्ता गर्न गएका थिए