२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


काठमाडौंमा निर्वाचनका लागि चारहजार कर्मचारी खटाइने


0
Shares

यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ६ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि उक्त सङ्ख्यामा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिए ।

यस्तै, खटाइएका कर्मचारीलाई वैशाख २० गतेदेखि नियुक्ति वितरण कार्यसमेत सुरु गरेको ढकालले बताए । उनले भने, ‘वैशाख २०, २१ र २२ गते नियुक्तिपत्र बाँड्छौँ, त्यसपछि २३, २४ र २५ गते तालिम दिएर निर्वाचनमा खटाउँछौँ ।’

उनले केही कर्मचारी शारीरिकरुपमा अपाङ्ग र केही महिलालाई समस्या भएकाले त्यी कर्मचारीको हकमा भने सामान्य हेरफेर गर्ने तयारी भइरहेको समेत बताए ।

काठमाडौँमा हाल काठमाडौँ महानगरपालिका, शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका रहेका छन् जसमा काठमाडौँ महानगरपालिका र १० वटा नगरपालिकाका ६ सय ८७ मतदान केन्द्रमा कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । (रासस)