Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


धादिङमा डन्डीबियो प्रतियोगिता


0
Shares

धादिङ, फागुन ५ । धादिङको धादिङबेसीमा आइतबारदेखि डन्डीबियो प्रतियोगिता सुरु भएको छ ।

जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डन्डीबियो संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाभरका ४३ ओटा विद्यालयले सहभागिता जनाएका छन् ।

आइतबार भएका खेलमा लापा मावि र भैरवी मावि विजयी भए ।

नयाँ पुस्तालाई खेलसम्बन्धी जानकारी दिन र खेलको जर्गेना गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।