Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


पोखराको मेयर पदबाट माओवादी केन्द्रका लामिछानेको उम्मेदवारी फिर्ता


0
Shares

नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको चुनावी तालमेलको सहमतिअनुसार लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

तर, कांग्रेसका उपमेयरका उम्मेदवार सरस्वती गुरुङले भने उम्मदेवारी फिर्ता लिन अस्वीकार गरेकी छन् ।

पोखरा–लेखनाथ महानगरमा कांग्रेसका रामजी कुँवर र नेकपा एमालेका मानबहादुर जिसीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

पोखरामा विभिन्न पदका अरु २० जनाले पनि विहीबार उम्मेदवारी फिर्ता लिएका छन् ।