
मंगलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिनेमा बढी वडाध्यक्ष र सदस्य छन् ।
प्रमुख पदमा उम्मेदवारी दिएका चारजनाले फिर्ता लिएका छन् ।
नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंखरापुरका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका एक/एकजनाले फिर्ता गरेका हुन् ।
नागार्जुनमा मोहनराज गिरी, गोर्कणेश्वरमा वामनकुमार चालिसे, कागेश्वरी मनहरामा सुमन अधिकारी र शंखरापुरबाट सुदन केसीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सबैभन्दा बढी चन्द्रागिरिमा ११ जनाले फिर्ता लिएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।
यस्तै, बूढानीलकन्ठमा एकजनालेमात्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए ।
यसैगरी, नागार्जुन र गोकर्णेश्वरमा तीन/तीन, तारकेश्वरमा ९, मनहरामा पाँच, टोखा र कीर्तिपुरमा चार/चार र शंखरापुरमा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
१० नगरपालिकामा पाँच सय ५० निर्वाचित हुनुपर्नेमा मंगलबार दुई हजार ६ सय २४ जनाले उम्मेदवारी दिएका थिए ।
नगरप्रमुखका लागि एक सय ३५ तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्