२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


पर्वतमा चुनाव प्रचार प्रसारमा दलहरु सक्रिय


0
Shares

उम्मेदवारी दर्ता नहुँदासम्म आफ्नै दलभित्रबाट टिकट लिन रस्साकस्सी चले पनि उम्मेदवारी दर्ता भएसँगै दलहरु प्रचारप्रसारमा सक्रिय बनेका हुन् ।

विशेषगरी जिल्लाका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रचारप्रसारमा लागिरहेका छन् । नगरपालिका र गाउँपालिकाको केन्द्रमा प्रचार–प्रसार र घरदैलो अभियान सञ्चालन गरेका दलहरुले कार्यतालिका नै बनाएर गाउँ छिरेका हुन् ।

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताको उल्लंघन नहुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न दलहरुलाई आग्रह गरेको छ ।

मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न र गैरकानुनी क्रियाकलाप नगरी सभ्य, भव्य र भयरहीत वातावरणमा गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।