
नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार भएकाहरुलाई उम्मेदवारी फिर्ता लिन दबाब दिँदै धम्की दिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चन्द नेतृत्वको कम्युनिस्ट पार्टीका दोलखा सेक्रेटरी राजन धनुके, इन्चार्ज अर्जुन योगी र विद्यार्थी नेता सरोज न्यौपाने छन् ।
सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले उम्मेदवारहरुलाई पत्रमार्फत् उम्मेदवारी फिर्ता लिन धम्की दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्