
तीनओटा प्रदेशअन्तर्गत् ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।
जसमध्ये नगर प्रमुख/गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ र नगर उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, वडाध्यक्ष पदमा १० हजार ८४१, वडासदस्य (खुला) मा १८ हजार ३७१, महिला सदस्य पदमा ९ हजार ३३ र दलित महिला सदस्य पदमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
यस निर्वाचनमा उक्त तीनओटै प्रदेशमा गरी चारओटा महानगरपालिका, एक उपमहानगर, ९२ ओटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा १८६ ओटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको हो ।
त्यस्तै, निर्वाचनमा महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार ३६५ गरी जम्मा दुई हजार ५९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको थियो ।
साथै, कुल दुई हजार ५९८ वडाका लागि चार सदस्यकादरले जम्मा १० हजार ३९२ वडासदस्य पदका लागि मनोनयन भएको हो ।
प्रदेश नम्बर– ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् भने निर्वाचन प्रयोजनका लागि ६ हजार ६४२ मतदान केन्द्रमा मतदान हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्