Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


बिग बास लिगमा सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्स उपविजेता


0
Shares

काठमाडौं । अस्ट्रेलियाको चर्चित बिग बास लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि मेलबर्न रेनेगेड्सले जितेको छ ।

आज भएको फाईनल खेलमा सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्सलाई १३ रनले हराउँदै रेनेगेड्सले उपाधि जितेको हो ।

खेलमा रेनेगेड्सले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो ।

उसका लागि सुरुवाती ब्याट्सम्यान बेन डंकले ५७ रन तथा मार्कस स्टोइनीसले ३९ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

उसका लागि टम कुपरले अविजित ४३ रन जोड्दा ड्यानिएल क्रिश्चियनले अविजित ३८ रनको योगदान दिए ।

मेलबर्न स्टार्सका सन्दिप लामिछानेले विकेट लिन नसकेपनि किफायती बलिङ गरे ।

उनले ४ ओभरमा १६ रन मात्रै खर्चिए । जारी प्रतियोगितामा सन्दिपले कुल ११ विकेट लिन सफल भए ।