२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


निर्वाचनको निष्पक्ष पर्यवेक्षण गर्न पर्यवेक्षकहरुलाई निर्देशन


0
Shares

पर्यवेक्षण समितिले आज राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष हिमालयशमशेर राणाले प्रलोभनमा नपरी निष्पक्ष पर्यवेक्षण गर्न निर्देशन दिएका हुन् ।

नेपाल कानुन समाजका अध्यक्ष कोमलप्रसाद घिमिरेले स्वतन्त्र, निष्पक्ष, भयरहीत र धाँधलीरहित तरीकाले पर्यवेक्षण गर्न आग्रह गरे ।

निर्वाचन आयुक्त ईला शर्माले निर्वाचन पर्यवेक्षण सजिलो काम नभएको भन्दै निर्वाचन आचारसंहिता पालन गर्न आग्रह गरिन् ।

निर्वाचनका दिन स्थानीयस्तरका पर्यवेक्षकले पर्यवेक्षण गरेका कामलाई प्रभावकारी बनाउन राष्ट्रिय र जिल्लास्तरका पर्यवेक्षकबाट निरीक्षण गरिने छ ।

यस पटकको स्थानीय तहको निर्वाचनमा विभिन्न समितिले ६ सय ७० पर्यवेक्षक खटाउने भएका छन् ।