फाइल फोटो
एमाले काठमाडौं महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नम्बर–२१ स्थित लगनमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताएका हुन् ।
उनले भने–‘बाँसबारी छालाजुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौं, भृकुटी कागज कारखाना बेचेपछि हामीले घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ । यो अवस्था रहेमा देश बन्दैन ।’
उनले महानगरको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यसहितको उम्मेदवारले जितेमा भ्रष्टाचाररहित महानगर बन्ने पनि दाबी गरे । रासस









प्रतिक्रिया दिनुहोस्