सुनसरी, फागुन ४ । पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
पहिलोपटक बुढासुब्बा गोल्डकपमा सहभागी दाउफिन्सले धरान फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
शनिबार धरान रंगशालामा भएको फाइनल खेलको निर्धारित् समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल सीधै टाइब्रेकरमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा धरानका प्रकाश बुढाथोकी र दोर्जे तामाङको प्रहार गोलमा परिणत भएको थियो भने मिलन राई, योगेश राई र सुरज विकको प्रहार बाहिरएको थियो ।
दाउफिन्सका जो आंगोला, पेटेंगा, यान्निक ओआनाले गरेको प्रहार गोलमा परिणत भएको थियो भने बवाइक र एकाओनको प्रहार बाहिरिएको थियो ।
उपाधिसँगै दाउफिन्सले नगद ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको धरानले ४ लाखमा चित्त बुझायो ।








प्रतिक्रिया दिनुहोस्