Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते


0
Shares

घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् ।

दुबैपक्षको चुनावी प्रचार–प्रसारकाक्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो ।

घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । रासस