
-नवराज छत्कुली/ईमेज
राजनीतिक दलका नेता तथा कार्यकर्ता आ–आफ्नो पार्टीका उम्मेदवार विजय गराउन मत माग्दै घरघरमा पुग्न थालेका छन् । यसले गाउँगाउँमा पनि चुनावी माहोल बन्दै गएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै धादिङका सर्वसाधारण जनप्रतिनिधि चयन गर्न आतुर भएका छन् ।
राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा मत पार्नका लागी लविङ गरिरहेका बेला सर्वसाधारण पनि उपयुक्त उम्मेदवारको लेखाजोखा गरिरहेका छन् ।
निर्वाचनका लागि मत माग्न हिँडेका दलका नेता तथा कार्यकर्ता आफ्ना एजेन्डा जनतालाई बुझाउने प्रयासमा छन् ।
अधिकांश उम्मेदवारले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । सबै दलका उम्मेद्धारहरुले आफ्नो जित निश्चित भएको दावी समेत गर्छन् ।
धादिङमा १६ वटा दलले निर्वाचनमा भाग लिएका छन् । तर मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच नै हुने आँकलन सर्वसाधारणको छ ।
कुल २ लाख ६ हजार २ जना मतदाता रहेको धादिङमा दुई नगरपालिका र ११ गाँउपालिकासहित १३ स्थानीय तह छन् ।
प्रतिक्रिया दिनुहोस्