Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


निर्वाचन विरोधी गतिविधिमा संलग्न २१ जना पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

एक साताअघिदेखि निर्वाचन विरोधी गतिविधिमा सो पार्टी सक्रिय भएसँगै प्रहरीले नियन्त्रणलाई तीव्रता दिएको छ । सो पार्टीले ठाउँ ठाउँमा पेट्रोल बम प्रहार गर्नाका साथै निर्वाचन विरोधी गतिविधि बढेसँगै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

जिल्लाका संवेदनशील स्थल र सहरी क्षेत्रका चोक चोकमा प्रहरी तैनाथी बढाइएको छ । उपरीक्षक थापाका अनुसार तीन हजार दुई सय नेपाल प्रहरी र एक हजार दुईं सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ । (रासस)