Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


वनमन्त्रीमाथि आक्रमणको प्रयास, प्रहरीद्वारा उद्धार


0
Shares

निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरेको बताइएको छ ।

घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो । मन्त्री भण्डारी लमजुङमा एक मित्रको शुभकार्यमा सहभागी भएर राजधानी फर्कँदै थिए ।

व्यक्तिगत कार्यमा सहभागी भएर फर्कंदै गर्दा एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्नु अत्यन्त निन्दनीय भएको मन्त्री भण्डारीको भनाइ छ ।

काँग्रेस भानुनगर समितिका सभापति श्रीभक्त आचार्य र काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले उनीहरुमाथि आक्रमणको प्रयासको निन्दा गर्दै सो घटनाको विषयमा दोषीमाथि कारबाही गर्नुपर्ने माग प्रशासनसमक्ष गरेका छन् । 

Skip This