उनको योजनाअनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनि असनबजार’ विभिन्न ठाउँमा सन्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षाभत्तामा थप गरी रु ५००० हजार पुर्याउने र त्यस्तो भत्ता बैंकमार्फत् सिधै पठाउने, ‘ग्रीन एन्ड क्लिन काठमाडौं’ अभियान तथा विद्युतीय सुशासन कार्यक्रम शुभारम्भ गर्नेलगायत छन् ।
यस्तै ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सन्चालन गर्ने कार्यक्रम पनि शाक्यको प्रतिबद्धतामा उल्लेख छ । उनको समग्र प्रतिबद्धता यसअघि सार्वजनिक भइसकेको छ ।
‘कौसीखेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्नेसमेत उनले प्रतिबद्धता जनाएका छन् ।
पत्रकार सम्मेलनमा एमालेका नेता शंकर पोखरेलले आफ्नो पार्टीले विगतमा स्थानीय तहको जिम्मेवारी पाउँदा आरम्भ गरेका आधुनिक र विकासका कामलाई निरन्तरता दिँदै थप उपलब्धि हासिलका लागि यी कार्यक्रम अघि सारिएको बताए ।
महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितले प्रस्तावित १०१ कार्यक्रम सबै कार्यान्वयन गर्नसकिने खालका भएको र यस कार्यक्रमका कारण अन्य पार्टीका कार्यकर्तामा पनि एमालेप्रतिको आकर्षण बढ्ने ठोकुवा गरे । रासस





प्रतिक्रिया दिनुहोस्