
सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकलाई अनिवार्यरूपमा उपस्थित भइ मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकलाई मंगलबार आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्