Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


५५ हजार बाख्रालाई ‘पीपीआर’ विरुद्वको खोप


0
Shares

यही वैशाख ११ गतेदेखि १० ओटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थानमा बाख्रालाई खोप लगाएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.नवीन घिमिरेले जानकारी दिए ।

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका किसानलाई लक्षित गरेर पीपीआर विरुद्वको खोप अभियान सञ्चालन गरिएको हो । पीपीआर भाइरसको संक्रमणबाट बाख्रामा लाग्ने एक प्रकारको संक्रामक रोग भएको र यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एक मात्र उपाय भएको घिमिरेले बताए ।

भारतसँग सीमा जोडिएका क्षेत्र, सडक करिडोर क्षेत्रमा खोप अभियानलाई प्राथमिकता दिइएको थियो । रासस