Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दुई राज्यमन्त्रीले लिए शपथ


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीमा यशोदाकुमारी लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुमित्रा थरुनीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराएका थिए । शपथग्रहण समारोहमा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव सोमलाल सुवेदीलगायत सहभागी थिए । रासस