बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन ४ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटअन्तर्गत् शनिबारका दुवै खेल रद्द भएका छन् ।
बिहीबारदेखि परेको वर्षाले मैदानमा पानी जमेपछि शनिबारका दुवै खेल रद्द भएका हुन् ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।
तर, अम्पायरले मैदानको ‘आउट फिल्ड’मा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने जनाएपछि खेल रद्द भएको हो ।
खेल रद्द भएपछि दुवै टिमले एक/एक अकं बाँडेका छन् ।
शनिबार हुने भनिएको धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको अर्को खेल पनि स्थगित भएको छ ।
खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।
शनिबार खेल रद्द भएसँगै धनगढी प्रतियोगिताबाट बाहरिएको छ । यद्यपि, धनगढीले एक खेल खेल्न बाँकी छ ।
अंकतालिका
धनगढी १ अंकका साथमा अंकतालिकाको पुछारमा रहेको छ । यस्तै, काठमाडौं ५ अंकका साथमा तालिकाको शीर्ष स्थानमा छ ।
सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र विराटनगर समान ४/४ अंकका साथमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
महेन्द्रनगर २ अंकका साथमा पाँचौं स्थानमा छ । महेन्द्रनगरको पनि ‘प्लेअफ’मा पुग्ने सम्भावना कमजोर बन्दै गएको छ ।








प्रतिक्रिया दिनुहोस्